कानुनी सचेतना कार्यक्रम सम्पन्न

 

निशा कडेल, ४ असाेज, बाबियाचाैर, सुर्खेत  

महिला तथा बालबालिका हरुकाे संबिधान प्रद्दत अधिकार प्रचलनका सम्बन्धमा कानुनी सचेतना कार्यक्रम अाज पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ । संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्दि परियाेजना काे अायाेजना मा कार्यक्रम भएको हाे । चाैकुने, बराहताल र पञ्चपुरी नगरपालिका अन्तरगतका न्यायीक समिति का पदाधिकारी जनप्रतिनिधि, मेलमिलाप कार्यकर्ता, महिला संजाल, युवा समुह हरुकाे सहभागिता रहेको छ ।

सुर्खेत का सबै स्थानीय तहमा रहेका जनप्रतिनिधि , सराेकारवाला निकाय हरु संग कानुनी सचेतना सम्बन्धि छलफल संचालन भैरहेको अायाेजक ले जनाएको छ । कार्यक्रम मा लैङ्गिक विभेद, घरेलुु हिंसा, बालबिवाह, बहुबिवाह, जवरजस्ती करणी, महिला तथा बालबालिका संग सम्बन्धित अधिकार, वडा समिति काे काम कर्तव्य र अधिकार का बिषयमा सहजिकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *