बाबियाचाैर च्यालेन्ज कप काे तयारी तिब्र

निशा कडेल

११ असाेज बाबियाचाैर, सुर्खेत 

तेस्रो बाबियाचाैर च्यालेन्जकप फुटबल प्रतियोगिता का तयारी तिब्र पारिएको छ । असाेज २७ गते देखि सुरु हुने फुटबल प्रतियोगितामा खेलमैदान काे मर्मत तथा ब्यवस्थापन गर्न लागिएको छ । सुर्खेत जिल्ला काे सबैभन्दा ठुलाे पुरस्कार राशि रहेको खेलकुदकाे प्रथम पुरस्कार नगद १ लाख रहेको छ । बाबियाचाैर स्पाेर्टस क्लव बाबियाचाैरकाे अायाेजनामा हुने फुटबल प्रतियोगिता काे उप बिजेताले नगद ४० हजार पाउने क्लव का अध्यक्ष क्षितिज थापाले जानकारी दिनुभएको छ ।

मैत्रीपूर्ण तवर बाट संचालन हुने खेलमा ब्यवस्थापन का लागि विभिन्न बिभाग हरु बनाईने अायाेजक ले जनाएको छ । खेलाडी छनाैट ब्यवस्थापन, मैदान ब्यवस्थापन, प्रचारप्रसार, अार्थिक ब्यवस्थापन लगाएतका कामहरु भईरहेकाे छ । प्रत्येक बर्ष दशै तिहारकाे समयमा खेलाईने मैत्रीपूर्ण खेल याे बर्ष अझै महत्त्वका साथ हेरिएको छ । बिगतका बर्षमा खेलकुद मैदान सानाे र प्रयाप्त नभएको र यस बर्ष काम सुरु भए संगै प्रयाप्त खेल खेल्न पुग्ने अध्यक्ष थापाले जानकारी दिनुभएको छ । साथै खेल संचालनका लागि पञ्चपुरी नगरपालिका , सामुदायिक बन, ब्यापारी हरु संग सहयोग काे अपेक्षा राखेको समेत जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *