सहकारी शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न

निशा कडेल

१२ असाेज बाबियाचाैर, सुर्खेत ।

समानता साना किसान कृषि सहकारी संस्थाकाे अायाेजनामा सहकारी शिक्षा सम्बन्धि सचेतना कार्यक्रम अाईतबार बाबियाचाैरमा सम्पन्न भएको छ । सहकारी मा अाबद्द सदस्य हरुलाइ सहकारी सम्बन्धि जानकारी, सहकारी काे महत्त्व र सहकारी ब्यवस्थापन सम्बन्धि जानकारी गराउन कार्यक्रम काे अायाेजना गरिएकाे सहकारी का अध्यक्ष जगत कुमारी थापाले बताउनुभएको छ ।

कार्यक्रम काे प्रमुख अतिथि का रुपमा बाेल्दै पुर्ब सुचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर बिष्टले साना किसान सहकारी ले कृषकका भावना लाई काम गरेको मा प्रशंसा समेत गर्नुभएको छ ।अाफुले यश क्षेत्रमा गरेको बिकास कै कारण सहकारी लाई काम गर्न सजिलो भएको बताउनुभएको छ । कार्यक्रम मा पञ्चपुरी नगरपालिका का प्रमुख उपेबहादुर थापाले समुहमा कृषिको लागि याेजना बनाएर माग गरेमा नगरपालिका बाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । कार्यक्रम मा बाबियाचाैरका सहकारी समुहका करिब १०० भन्दा बढी काे सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *