तरङ्गामा खेलकुद प्रतियोगिता सुरु

निशा कडेल १५ असाेज सुर्खेत ।

बराहताल खेलकुद बिकास समिति वडा नं ४ काे अायाेजनामा वडा स्तरीय खेलकुद प्रतियोगिता अाज देखि तरङ्गामा सुरु भएको छ । बिजयादशमि तथा दिपावलि काे अवसरमा अायाेजना गरिएको खेलकुदमा फुटबल र भलिबल खेल संचालन गरिएको अायाेजकले जनाएको छ । बराहताल गाउपालिका अन्तरगतका वडाहरु बिच भएको खेलमा फुटबल तर्फ ५ अाेटा र भलिबल तर्फ ६ अाेटा टिमको सहभागीता रहेको छ । खेलकाे उद्घाटन गर्दै गाउपालिका अध्यक्ष तेजबहादुर बस्नेत ले राष्ट्र का लागि खेल काे महत्त्व रहेको हुदा खेलकाे अायाेजना गरिएको बताउनुभएको छ । साथै उहाले गाउपालिका बाट राम्रा खेलाडि उत्पादन गर्न अाफुले गाउपालिका वाट पनि अावश्यक सहयोग गर्ने बताउनुभएको छ । अाज भएको उद्घाटन खेलमा वडा नं ५ बड्डिचाैर ले वडा नं २ हरिहरपुर लाई २ का बिरुद्ध ४ गाेल गरि बिजेता भएको तरङ्गा बाट लक्ष्मण थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *