तेस्रो बाबियाचौर च्यालेन्जकप फुटबल प्रतियोगिता सुरु

२७ असाेज,बाबियाचाैर, सुर्खेत ।

तेस्रो बाबियाचौर च्यालेन्जकप फुटबल प्रतियोगिता सोमबार देखी बाबियाचौरमा सुरु भएको छ । सुर्खेत जिल्ला को पश्चिम मा सबैभन्दा ठुलो पुरस्कार राशि रहेको खेलकुदको प्रथम पुरस्कार नगद १ लाख रहेको छ । बाबियाचौर स्पोर्टस क्लव बाबियाचौरको आयोजनामा भएको फुटबल प्रतियोगिता को उप बिजेताले नगद ४० हजार पाउने क्लव का अध्यक्ष क्षितिज थापाले जानकारी दिनुभएको छ ।

१४ ओटा टिम सहभागी भएको खेल आगामि ५ दिन सम्म मैत्रीपूर्ण तवर बाट संचालन हुने आयोजक ले जनाएको छ ।

प्रत्येक बर्ष दशै तिहारको समयमा खेलाईने मैत्रीपूर्ण खेल यो बर्ष अझै महत्त्वका साथ हेरिएको छ । खेलको उद्घाटन गर्दै पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टले खेलकुद बिकास गर्न खेलाडी मा अनुशासन को आबश्यक रहेको बताउनुभएको छ ।

सोमबार भएको उद्घाटन खेलमा बाबियाचौर स्पोर्टस क्लव बि र पञ्चपुरी स्पोर्टस क्लब बि १÷१ गोल गरि बराबरी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *