अर्गानिक खाद्य संकलन केन्द्र संचालन

१ कार्तिक, बाबियाचाैर सुर्खेत ।

युवा शान्ति बहुउद्देश्यीय सहकारी संस्थाले पञ्चपुरी अार्गनिक खाध्यान्न संकलन केन्द्र संचालनमा ल्याएकाे छ । पञ्चपुरी नगरपालिका भित्र का युवाहरुले गठन गरेको सहकारीले कार्यक्रम संचालन गरेकाे छ । कारितास स्ट्रेलिया कारितास नेपाल अन्तरगत एकता फाउन्डेसन सुर्खेत बाट संचालन भएको नेपाल जिबिकाेपार्जन तथा उत्थानशिल परियाेजना बाट १ लाख १० हजार र युवाहरुकाे ब्यवस्थापन बाट संकलन केन्द्र संचालन गरिएको केन्द्र का अध्यक्ष अमर प्रसाद तिमिल्सिनाले जानकारी दिनुभएको छ । संकलन केन्द्र मा भटमास, सिमि, काेदाे, ढिकी मा कुटेको चामल,बेसार,चना, टिमुर, मह, घ्यू , सर्बाेत्तम पिठाे समेत पाईने गरेकाे छ । ग्रामीण एकता युवा संजालकाे कार्यालय रहेकाे पञ्चपुरी ४ डावमा संकलन केन्द्र संचालन गरिएको छ ।

पछिल्लो समयमा बिषादिकाे मात्रा बढ्दै जाने गरेको र यसबाट विभिन्न राेगहरु फैलने हुदा अर्गानिक खाध्यबस्तु संकलन गरिएको तिमिल्सिनाले जानकारी दिनुभएको छ ।संकलन केन्द्र काे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले युवाहरुले ल्याएको याे कार्यक्रम एकदम राम्रो भएको र यसलाई प्रचारप्रसार गर्न अाबश्यक रहेकाे सुझाव दिनुभएको छ ।

बालबालिका हरुलाई कुपोषण हुनबाट बचाउन अर्गानिक सर्बाेतम पिठाे अाफ्नै क्षेत्रमा पाईने हुदा स्वास्थ्य शाखा संग समन्वय गरि अाबश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । एकता फाउन्डेसन का कार्यकारी निर्देशक दुर्गा घर्ती ले उत्पादन भएको बस्तुलाइ बजारीकरण गर्न काे लागि संस्था बाट अाबश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । सहकारीले युवाहरुकाे अार्थिक बिकास मात्र नभई सामाजिक बिकास तथा समुदायमा रहेकाे सामाजिक बिकृति बिरुद्ध पनि कार्यक्रम संचालन गर्ने सहकारीको अध्यक्ष भावना रावलले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *