बाबियाचाैर स्पाेर्टस क्लब र पञ्चपुरी स्पाेर्टस क्लब भिड्दै

१ कार्तिक, बाबियाचाैर सुर्खेत ।

तेस्रो बाबियाचौर च्यालेन्जकप फुटबल प्रतियोगिता को पाचौे दिन सेमिफाइलका खेल हरु संचालन भएका छन । बाबियाचौर स्पोर्टस क्लव बाबियाचौरको आयोजनामा भएको फुटबल प्रतियोगिता संचालन भएको हो । आज भएको खेलमा पञ्चपुरी स्पोर्टस क्लव ए र पञ्चपुरी स्पोर्टस क्लव बि बिच भएको खेलमा पञ्चपुरी स्पोर्टस क्लब ए ले पञ्चपुरी स्पोर्टस क्लव बि लाई ३ का बिरुद्ध ४ गोल गर्दै बिजेता भएको छ । त्यस्तै दोस्रो खेलमा बाबियाचौर स्पोर्टस क्लव ले बराहताल युवा क्लव तरङ्गा लाइ १ का बिरुद्ध ९ गोल गर्दै बिजेता भएको छ । खेलमा बराहताल युवा क्लव तरङ्गाका दिनेश गुरुङ ले १ गोल गरेका छन । त्यस्तै बाबियाचौर स्पोर्टस क्लवका मदन रिमाल ३ गोल र सागर ढुङ्गेलले ३ गोल सहित खेलमा ह्याट्रिक गरेका छन । त्यस्तै क्लव का कृष्ण रावल,सागर डङ्गोल र तप्त रावलले १÷१ गोल गरेका छन ।

फाईनल खेल शनिबार बिहान ८ बजे आयोजक बाबियाचौर स्पोर्टस क्लव र पञ्चपुरी स्पोर्टस क्लव बिच हुने आयोजक ले जनाएको छ ।
सुर्खेत जिल्ला को पश्चिम मा सबैभन्दा ठुलो पुरस्कार राशि रहेको खेलकुदको प्रथम पुरस्कार नगद १ लाख र प्रतियोगिता को उप बिजेताले नगद ४० हजार पाउने क्लव का अध्यक्ष क्षितिज थापाले जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *