बाबियाचौर खानेपानीको १० औ बार्षिक साधारणसभा सम्पन्न

 

३ कात्तिक, बाबियाचौर सुर्खेत

बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को १० औ बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका को वडा नं ५ र ६ मा खानेपानी आयोजना सञ्चालन भएको छ । । साधारणसभा मा आर्थिक बर्ष ०७५ ÷०७६ को करिव ३ करोड ४९ लाख ७१ हजार २ सय ६१ रुपैयाँ ४ पैसा बराबरको आय ब्यय समिति का कोषाध्यक्ष लोकबहादुर बुढाले प्रस्तुत गर्नुभएको छ । साधारणसभामा उपभोक्ता हरुले पानिको महसुुल फेरबदल गरि घटाउन समेत अनुरोध गरेका छन । कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश ख का सभापति कृपाराम थापा, क्षेत्रीय सभापति लालबिर भण्डारी, नेकपा का मनबहादुर कामि, नवीन शाहि लगाएतका नेताहरुले साधारणसभा को सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ ।


कार्यक्रम मा नेपाली काङ्ग्रेस का जिल्ला सचिव टोपबहादुर रावत ले नेपाली काङ्ग्रेस ले आफ्नो समयमा गरेको बिकास जस्तै नेकपाले पनि बिकास गरेर प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ । कार्यक्रम मा पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले नगरपालिकाले खानेपानी को क्षेत्रमा बजेट बिनियोजन गरेको र खानेपानी आयोजना सम्पन्न गरेको समेत बताउनुभएको छ ।
कार्यक्रम का प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय नवराज रावतले बिकास दल बिशेषको नभई सबैको भएको बताउनुभएको छ । साथै पश्चिम को बिधुत र सडकको काम प्रमुख प्राथमिकता रहेको र चाडै काम संचालन मा आउने बिश्वास ब्यक्त गर्नुभएको छ । आफुले भ्रष्टाचार नगर्ने र कुनै पनि संस्था मा भ्रष्टाचार नगर्न समेत आग्रह गर्नुभएको छ । लोकबहादुर बुढाले संचालन गरेको साधारणसभा, अध्यक्ष जीवन ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *