भेरीकाे साधारणसभा सम्पन्न

५ कात्तिक, बाबियाचाैर सुर्खेत ।

भेरी सामुदायिक ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि पञ्चपुरी ५ काे ११ अाै बार्षिक साधारणसभा बाबियाचाैरमा सम्पन्न भएको छ । सहकारीले अार्थिक बर्ष २०७५/ ०७६ काे ८७ लाख ५६ हजार ३ सय २० रुपैया १८ पैसा बराबरको अाय ब्यय सहकारी का काेषाध्यक्ष हिरामणि पाैडेलले प्रस्तुत गर्नुभएको छ । ४ सय भन्दा बढि शेयर सदस्य रहेकाे सहकारीले बचत ऋण परिचालन, उत्पादन मुलक ब्यसायमा लगानी, कृषि उपकरण खरिद लगाएत काम हरु संचालन गर्दै अाएकाे छ ।

कार्यक्रम का प्रमुख अतिथी वडा नं ६ का वडा अध्यक्ष खड्कबहादुर थापाले सहकारीकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको छ । सहकारी का सबै सदस्य हरुले सहकारी काे बिकासका लागि सक्रियता जनाउन समेत अाग्रह गर्नुभएको छ । कार्यक्रम काे स्वागत मन्तब्य सुनिता थापाले राख्नुभएको थियोे भने कार्यक्रम काे संचालन लाेकबहादुर बुढा ले गर्नुभएको थियोे । साधारणसभा सहकारी का अध्यक्ष रामबहादुर बिष्ट काे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *