पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाको बिस्तारित बैठक बाबियाचौरमा सम्पन्न

निशा कंडेल
२३ कार्तिक, बाबियाचौर ।

पाईनियर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर को १६ औ बार्षिक साधारणसभा तथा सेवा केन्द्र बिस्तारित बैठक आज बाबियाचौरमा सम्पन्न भएको छ । सुर्खेत जिल्ला भित्र ५ ओटा सेवा केन्द्र रहेको सहकारीको बिस्तारित बैठक चौकुने को गुटु र पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको हो । ४ हजार ५ सय ३२ जना शेयर सदस्य रहेको सहकारी ले जनाएको छ । सहकारीले कृषकहरुलाई बेसार खेतिका लागि अनुदान कार्यक्रम समेत सञ्चालन गरेको छ । सहकारीले आफ्नै लगानीमा सरफ समेत उत्पादन गरेको आयोजकले जनाएको छ । बिस्तारीत बैठक मा बोल्दै पञ्चपुरि नगरपालिका का प्रशासकीय अधिकृत तथा सहकारी उपशाखा प्रमुख चुडामणि कडेलले सहकारी को सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको छ । साथै सहकारीको मर्म र उदेश्य अनुसार काम गर्दै गएमा नगरपालिका को सहकारी शाखाको तर्फबाट आबश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।

हरेक गाउँ प्रत्येक घर पाईनियर सदस्य, एक ब्यवसाय को अभियान लिएको सहकारीले डेरी, कर्मचारी ब्यवस्थापन तालिम, सफ्टवेयर प्रणाली, उद्यमशिलता, उद्योग सञ्चालन लगाएतका कार्यक्रम अगाडि बढाउने उद्देश्य रहेको छ । कार्यक्रम मा प्रमुख अतिथिका रुपमा बोल्दै पञ्चपुरी नगरपालिका का कार्यवाहक नगरप्रमुख खड्कबहादुर थापाले पाईनियर सहकारी अरु सहकारी भन्दा अब्बल र काम गर्ने शैली पनि राम्रो भएको बताउनुभएको छ । अरु सहकारी भन्दा उपलब्धि पनि राम्रो गरेको हुदा अरु सहकारीले पाइनियर सहकारी बाट पाठ सिक्न पनि आवश्यक रहेको बताउनुभएको छ । बिस्तारीत बैठक सहकारी का अध्यक्ष भिमबहादुर भण्डारी को अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *