पञ्चपुरी नगरपालिका अन्तरगतका ५३ बिद्यालयमा टिफिन बक्स बितरण

२७ कात्तिक बाबियाचौर, सुर्खेत (डाडादरा एफएम) 

पञ्चपुरी नगरपालिकाले नगरपालिका अन्तरगतका सामुदायिक बिद्यालय र बालबिकास का बिद्यार्थी हरुलाई टिफिन बक्स बितरण सम्पन्न गरेको छ । नगरपालिका भित्र का ५३ ओटा समुदायिक बिद्यालयका ४ हजार ८ सय ११ जना र ४९ बालबिकासका ९ सय ८० जना बालबालिकालाई टिफिन बक्स बितरण गरिएको नगरपालिका ले जनाएको छ । बिद्यालय अनुगमन का क्रममा दिउँसो १ बजे पछि बिद्यार्थी खाजाका लागि बिद्यालय छोड्ने गरेको कारण नगरपालिका बाट खाजा लैजान टिफिन बक्सका लागि बजेट बिनियोजन गरेको नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले बताउनुभएको छ ।

नगरपालिकाले बिद्यालय मा बिद्यार्थी पुरै समय नवस्ने भएको कारणले शैक्षिक गुणस्तर पनि कम हुने भएको हुदा यस्तो योजना अघि सारेको हो । बिद्यार्थी को पढाइको जग प्राथमिक तह हुने भएको हुदा शिक्षकहरुले प्रथामिक तहमा बिशेष प्राथमिकता दिनुपर्नेमा समेत नगरप्रमुख ले जोड दिनुभएको छ । परिक्षणका रुपमा टिफिन बक्स बितरण गरिएको र प्रभाबकारी भएमा आधारभुत तहका बिद्यार्थी मा पनि कार्यक्रम लागू गरिने नगरपालिका ले जनाएको छ ।

पञ्चपुरी नगरपालिका का शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख द्रोणराज पाठकले अभिभावक र बिद्यालय ब्यवस्थापन समितिलाई प्रत्येक दिन आफ्नो घरमा उत्पादन भएको अर्गा्निक खाजा तयार गरेर बालबालिका को साथमा बिद्यालय पठाउन प्रेरित गर्ने समेत बताउनुभएको छ । बालबालिका ले बिद्यालयमा बाहिरबाट प्याकेजिङ गरेको चाउचाउ चाउमिन बिस्कुट जस्ता जङफुट खादा स्वास्थ्य लाई असर पर्ने गरेको हुदा आफ्नै घरको खाजा बनाउने नगरपालिका ले थालेको काम प्रभाकारी हुने समेत बताउनुभएको छ ।

टिफिन बक्स बुझ्दै सान्नेचौर प्राथमिक बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति का सदस्य गंगाराम देउवाले सबै अभिभावक लाई खाजा बनाएर बालबालिका लाई बिद्यालय पठाउन आग्रह गर्ने र आफुहरुले पनि निरन्तर अनुगमन गर्ने बताउनुभयो । नगरपालिका ले गरेको काम को प्रशंसा गर्दै सदस्य देउवाले आफ्नो बिद्यालय को शैक्षिक गुणस्तर बढाउने काम शिक्षक, बिद्यालय ब्यवस्थापन समिति र अभिभावक को महत्त्वपूर्ण भुमिका रहेको समेत बताउनुभएको छ । नगरपालिकाले अन्तिम चरणमा पञ्चपुरी को वडा नम्बर ७ छाप्रेका विभिन्न बिद्यालयमा टिफिन बक्स बितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *