
२८ कार्तिक बाबियाचाैर, सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ५ मा रहेको भेरी डिभिजन कार्यालय पुन सुर्खेत सारिएको र सामान श्रेष्ता बुझ्न कर्मचारी पठाएको प्रति स्थानीय निकायले आपत्ति जनाएका छन् । नेपाल सरकारले २०७५ साल असार ३२ गते गरेको निर्णय अनुसार ७७ वटा जिल्ला वन कार्यालयहरु मध्ये ७ जिल्लामा थप गरिएको थियोे । गत बर्ष काे असाेजमा पश्चिम काे बराहताल चाैकुने र पञ्चपुरी लाई कार्यक्षेत्र हुने गरि भेरि बन डिभिजन कार्यालय काे उद्घाटन गरिएको थियोे । उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उद्घाटन गरेकाे कार्यालय नै कर्णाली सरकारले सुर्खेत मा गाभ्न लागेकाे हाे ।

अहिले प्रदेश सरकारले बाबियाचौरमा स्थापना गरिएको डिभिजन कार्यालयलाई एकिकृत गरी सुर्खेतमै एकमात्र कार्यालय बनाउने निर्णय गरेको छ । डिभिजन कार्यालयलाई गाभेर जिल्लामा एउटै कार्यालय बनाउने निर्णय गर्नु भनेको निर्वाचन क्षेत्र नम्बर २ का लाखौं जनताको हित विपरीत भएको स्थानीय जनप्रतिनिधि र राजनैतिक दल ले बताएका छन । कर्णाली प्रदेश सरकारले गरेको निर्णय नमान्ने र पुरानै कायम गरिनुपर्ने माग गर्दै बिहीबार बाबियाचाैरमा कार्यालय का श्रेष्ता र जिन्सि सामान बुझ्न पुगेका डिभिजन बन कार्यालय का कर्मचारी लाई रित्तो हात फर्काएका छन ।


Chat Conversation End