सालकाेट सहकारीको साधारणसभा सम्पन्न

३० कार्तिक बाबियाचाैर, सुुर्खेत ।

दिगाे बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने उद्देश्य रहेको सालकाेट बचत तथा ऋण सकारी संस्था लिमिटेड काे १४ अाै बार्षिक साधारणसभा पञ्चपुरी २ पलैटेमा सम्पन्न भएको छ । २०४८ सालमा प्रत्येक टाेलबाट ५ रुपैयाँ जम्मा गरेर सुरु गरिएको सहकारी मा १ हजार ७७ जना शेयर सदस्य रहेका छन ।

संस्थाले ३ करोड २२ लाख ९३ हजार ५ सय २९ रुपैया बराबरको काराेबार समेत संचालन गरेकाे सहाकारीका ब्यवस्थापक टेकबहादुर खड्का ले जानकारी दिनुभएको छ । सहकारीले ३ जनालाई सम्मानित गरेकाे छ । जसमा असल ऋणी का रुपमा पुर्णबहादुर बुढाक्षेत्रि, असल बचत कर्ता गाैरी क्षेत्री र असल बाल बचतकर्ता काे रुपमा सागर थापा लाई सम्मान गरेकाे हाे । साधारणसभा का सहभागि हरुले सालकाेट बचत ऋण सहकारी लाई सालकाेटकाे स्थानीय बैंक काे रुपमा लिएर अगाडि बढाउन अाग्रह समेत गरेका छन ।

कार्यक्रम का प्रमुख अतिथी नेपाल बचत ऋण केन्द्रीय सहकारी संघ केन्द्रीय सदस्य यज्ञ ढकाल ले सहकारीकाे सफलताको शुभकामना ब्यक्त गर्दै सालकाेट सहकारी काे कार्यशैली राम्रो भएको कारण धेरै सदस्य यसमा सहभागी भएको बताउनुभयो । साथै अागामी दिनमा सहकारी काे लागि अाफ्नाे र संस्था काे तर्फबाट अाबश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । साधारणसभा सहकारी का अध्यक्ष पबित्रा बि सी काे अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *