बक्तृत्वला प्रतियोगिता सम्पन्न

४ मंसिर, बाबियाचाैर सुर्खेत ।
AEIN लग्जम्बर को आर्थिक सहयोगमा TDH जर्मनी को सहजीकरण र आवाज संस्थाको आयोजनामा विश्व बाल अधिकार दिवस को अवसर पारेर बक्तृत्वला प्रतियोगिता सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका वडा न ६ स्थित श्री गौरी शंकर आधारभुत विद्यालयमा प्रा.वि स्तरीय “बालबालिका को बाताबरणीय अधिकार “भन्ने शीर्षक मा वक्तत्वकला प्रतियोगिता भएको हो । प्रतियोगीतामा जनज्योति आधारभुत बिद्यालय भवरका भावना बटाला प्रथम गौरीशंकर आधारभुत बिद्यालय चतुरे का कञ्चन थापा दोस्रो गौरीशंकर आधारभुत बिद्यालय चतुरे कै बिबेक सावद तेस्रो र समुह प्राथमिक बिद्यालयका शंकर बि क सान्त्वना हुनुभएको छ ।

कार्यक्रम पञ्चपुरी नगरपालिका वडा न ६ का वडा अध्यक्ष खड्क बहादुर थापा को प्रमुख आथित्यता र गौरीशंकर आधारभुत बिद्यालयका बिद्यालय व्यवस्थापन समिति का अध्यक्ष चन्द्र बहादुर सार्की को अध्यक्षतामा सम्पन्न भएको आवाज संस्थाका सामाजिक परिचालक कोकिला कठायतले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *