नेकपाका कार्यकर्तालाई अतिथि सत्कार गर्न अाउदैन “पुर्ब संचार राज्य मन्त्री बिष्ट”

(डाडादरा एफएम )

६ मंसिर बाबियाचाैर, सुर्खेत । 

बाँकेको कोहलपुर नगरपालिका–६ मा नेकपाका कार्यकर्ता ले अाफुहरु माथि गरेकाे अमानवीय व्यवहार र समाजमा फैलाएको गलत भ्रमका पछि नलाग्न नेता कार्यकर्ता लाई अाग्रह गर्नुभएकाे छ । आफन्तको घरमा बास बसेका पूर्व मन्त्री तप्तबहादुर विष्ट सहितका नेताहरुमाथि नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् । काठमाडौंबाट सुर्खेत आउँदै गरेका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा बुधबार राति कोहलपुर नगरपालिका–६ स्थित मोहन गाहाको घरमा बास बस्न गएकाे समयमा नेकपा का कार्यकर्ताले चुनावमा पैसा बाड्न अाएकाे भन्ने अभिब्यक्ती गलत भएको समेत बताउनुभयो ।

दिउँसोको हवाई जहाज डिले भएर बेलुकी साढे पाँच बजे राँझा विमानस्थल पुगेका पूर्व सञ्चार राज्यमन्त्री विष्ट, पञ्चपुरी नगरपालिकाका मेयर थापासहितको टोली गाहाको घरमा बास बस्न गएको थियो । कोहलपुर–६ का नेकपाका नेता कार्यकर्ता लाई अतिथिकाे सत्कार कसरी गर्नुपर्छ भन्ने संस्कार नै थाहा नभएको बिष्टले बताउनुभएको छ ।

अाफुलाई निर्वाचन अाचारसंहिता राम्रोसँग थाहा भएको र अाचारसंहिता उल्लंघन नगरेको जवाफ दिदा पनि नेकपाका कार्यकर्ताले अभद्र ब्यवहार गरेको डाडादरा लाई जानकारी दिनुभएको छ ।  गाहा सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का स्थायी बासिन्दा हुन् । घटनाले उग्ररुप लिएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीको कमाण्डमा गएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिकाको सवारी साधन नियन्त्रणमा लिएको हाे । उहाले नेकपाका कार्यकर्ता र प्रहरीले आफूहरुलाई अनावश्यक दुःख दिएको बताउनुभयाे । बिष्टले घटनाको भाेलिपल्ट  चुनावी सभा लाई सम्बाेधन गर्दै नेकपा का कार्यकर्ता संग रत्तिभर पनि नडराई मंसिर १४ काे चुनाव मा वडा अध्यक्ष का उम्मेदवार लाई रुखमा भाेट हालेर जिताउन समेत अाग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *