राजनीति खिचातानी का कारण पञ्चपुरी ८ को खानेपानी आयोजनाना अलपत्र

( डाडादरा एफएम ) निशा कडेल, ७ मंसिर, बाबियाचौर ( सुर्खेत ।।।

पञ्चपुरी नगरपालिका ८ मा बिगत केही महिना देखि खानेपानि समिति नेतृत्व बिहिन हुदा खानेपानी समस्या झन बिकराल बन्दै गएको छ । दुलालथाई माझिगाउ चुनेरीताल खानेपानि उपभोक्ता समितिले असोज ४ गते राजिनामा दिएपछि अहिले खानेपानी आयोजना अलपत्र अवस्थामा पुगेको छ । २०३७ सालमा निर्माण भएको खानेपानी आयोजना मा करिब १ सय भन्दा बढि धारा हरु निर्माण गरिएका छन ।
सान्नेको मुहान देखि सुरु भएको खानेपानी आयोजनाको मर्मत सम्भार नहुदा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन । तत्कालीन खानेपानी अध्यक्ष थानिप्रसाद घिमिरे ले राजिनामा दिएपछि पटकपटक नया समिति गठनका लागि प्रयास गर्दा पनि राजनीतिक भागबन्डा कै कारण समिति गठन हुन ढिलाइ भएको छ । सहमति का लागि अध्यक्ष का प्रत्यासी ललित सुनार र डिलबहादुर बिसी बिच पटक पटक सहमति जुटाउन पहल गरिदा पनि सहमति नहुदा अहिले वडा कार्यालय ले खानेपानी को जिम्मा लिएको छ ।
मुहान खरिदका लागि प्रत्येक घरबाट ३ हजारका दरले रकम जम्मा गरि संचालन गरिएको खानेपानी आयोजनामा करिब ५ सय भन्दा बढि उपभोक्ता हरु रहेका छन । मर्मत सम्भारका लागि बिभिन्न निकायमा पहल गर्दा पनि सुनुवाई नभएको माझिगाउका स्थानीय नागरिक टिकाराम कडेल ले बताउनुभएको छ । चुनेरिताल, माझिगाउ र दुलालथाई का विभिन्न धाराहरु जिर्ण हुदा समयमै धारामा पानी नआउने भएको हुदा नजिकै को खोला र छिमेकी को इनारमा गएर पानी ल्याउने गरेको स्थानीय पबित्रा पौडेलले बताउनुभएको छ । आगनमै पानिको धारा भए पनि धारामा पानीको पालो कुर्नुपर्ने र १ घण्टा पछि मात्रै पानी भर्न पाउने गरेको छन ।

यता वडा नम्बर ८ का अध्यक्ष भक्तिप्रसाद पौडेलले गत बर्ष खानेपानी आयोजना मर्मत सम्भारका लागि बजेट बिनियोजन गरिएको र समयमै काम सम्पन्न नभएको कारण यो बर्ष बजेट बिनियोजन नगरिएको बताउनुभयो । खानेपानी ट्याङ्की निर्माण र पाईप बिछ्याउने काम भएको र धारामा पानी नआउदा स्थानीय नागरिक को बिकासमा चासो नभए सम्म बजेटले मात्रै केही नहुने समेत महसुस गरेको पौडेलले बताउनुभयो । खानेपानी को सेवा क्षेत्र भित्र का बिद्यालय मा पनि खानेपानी समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *