गुमेकाे अाखाकाे ज्याेति फर्काए नेपाली काङ्ग्रेस का कृपाराम ले ।

 

(डाडादरा एफएम ) ८ मंसिर, बाबियाचाैर-सुर्खेत ।।

केही समय अघि श्रीमती काे साथ र लाैरीकाे सहायता ले यताउता हिडडुल गर्ने रणबहादुर बिक यतिबेला अाफै सहजै रुपमा हिड्न सक्ने भएका छन । पहिले दुबै अाखाले राम्राेसंग देख्न सक्ने रणबहादुर काे एक्कासि अाखाकाे ज्याेती गुमेपछि उनकाे लागि संसार अध्याराे भयाे । उपचार काे अभावमा छटपटिएका उनी संग न त पैसा थियोे न त काेहि अाफन्त नै । उनले धेरै संस्था र ब्यक्ति संग सहयोग नमागेका पनि हाेईनन, तर कसैले खुला दिलका साथ सहयाेग पनि गरेनन् । जिन्दगी यसरी नै बित्ने भयाे भन्ने साेचेर बसेका उनलाई अाफन्त र भगवान कै रुपमा साबित भए कृपाराम ।

नेपाली काङ्ग्रेस का पुर्व क्षेत्रीय सचिव ईन्द्रबहादुर रावल, वडा नं ४ का अध्यक्ष प्रेमबहादुर शाहि र नगर सदस्य गाेर्ख बिक र खरेल स्टाेर्स का नारायण खरेल ले एकमुष्ट उपचारका लागि ४ हजार सहयोग गरे । बाकी सबै उपचार खर्च कृपाराम थापाले सहयाेग गरे ।

कृपाराम थापा अहिले नेपाली काङ्ग्रेस सुर्खेत प्रदेश नं २ ख का प्रदेश सभापति हुन । उनले अाखा अस्पताल धनगढी काे गेटा सम्म पुर्‍याएर अाखाकाे अप्रेसन समेत गर्न मा सहयाेग गरे । एउटामात्र अाखा राम्रोसँग देख्न सकेका रणबहादुर काे अर्को अाखाकाे उपचार लागि थप खर्च लाग्ने भएको छ । अाखाकाे ज्याेती फर्किए पछि खुसि हुँदै रणबहादुरले सुरुमा अाफुले कृपाराम थापालाई देखेकाे समेत बताए । उनले मेराेलागि भगवान भनेको नै कृपाराम थापा भएको र उपाचारका लागि सहयाेग गर्ने नेपाली काङ्ग्रेस का अरु नेताहरुलाइ धन्यवाद दिए । उनले अर्को अाखाकाे उपचारको लागि सहयाेग गर्न पनि सबैलाई अाग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *