पर्यटककाे राेजाइ बन्दै भेरी पुल

(डाडादरा एफएम) ८ मंसिर, बाबियाचाैर-सुर्खेत ।।

कुनैबेला बाढीले बगाएको उजाड बस्तिका रुपमा लिइने पञ्चपुरी १० काे नार्सी र वडा नं ५ काे तिखाकुना मा अहिले दिनहु मानिसहरुकाे अावातजावत हुने गरेकाे छ । २०७१ सालमा बाढीले झुलुङ्गे पुल सहित बस्ति बगाएपछि यस क्षेत्रका नागरिक हरुले करिव ४ बर्ष सम्म जाेखीमपुर्ण डुङ्गामा यात्रा गरेर दिन बिताए । पञ्चपुरी १० र ११ काे ब्यापारीक केन्द्र बाबियाचाैर बजार अाउन र खाध्यान्न ढुवानी गर्न कठिन हुने गरेकाे छ । तत्कालीन सुर्खेत क्षेत्र नं ३ का नेपाली काङ्ग्रेस बाट निर्वाचित पुर्व सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टको पहलमा निर्माण भएको पक्कि पुल संगै यहाका नागरिक काे दैनिकी समेत फेरिएको छ ।

अहिले दैनिक रुपमा बस सेवा समेत संचालन मा अाएकाे छ भने अटाे रिक्सा समेत निरन्तर सञ्चालमा रहेका छन । यातायात सेवा संचालन भए संगै स्थानीय ब्यापारीकाे दैनिकी र अाम्दानीकाे श्राेत समेत बढेको छ ।पश्चिम सुर्खेत मा निर्माण भएको याे एक मात्रै पुल भएको हुदा धेरै दैनिक १ सय भन्दा बढि अान्तरिक पर्यटक पुल हेर्न र फाेटाे खिच्न कै लागि पुग्ने गरेकाे स्थानीय नागरिक हरु बताउँछन् ।

पहिले कसैकाे राेजाइमा नहुने भेरी नदिकाे किनार अहिले पिक्निक स्पाेर्टकाे रुपमा बिकास हुँदै गएकाे छ । बाबियाचाैर बजार देखि करिब ५ किलोमिटर दक्षिणमा पर्ने याे पुलमा बाबियाचाैरमा पुगेका जाे काेहि पनि नागरिक एकपटक पुल हेर्न पुग्ने गरेको स्थानीय नागरिक बताउछन । अनुक कन्ट्रक्सन प्रा लि ले ३६ कराेड काे लगानीमा निर्माण काे जिम्मा लिएको पुलकाे लम्बाइ ३ सय ३५ मिटर रहेको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरि प्रसाद ढकाल ले पुलले छिमेकी संग काे सम्बन्ध भाईचारा काे जस्तो बनाएकाे बताउनुभएको छ । अाफु निर्बाचित हुदा नगरपालिका संग समन्वय र वडाकाे सेवा सजिलोसँग दिन गाह्राे भएको अनुभव सुनाउदै अहिले त्याे समस्या हटेर गएकाे समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *