नेकपा का कार्यकर्तालाई पथ्थरकाे जवाफ फुलले दिन्छौं “नगर प्रमुख थापा”

(डाडादरा एफएम ) ८ मंसिर, बाबियाचाैर, सुर्खेत ।।

सुर्खेत काे पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले नेकपा का कार्यकर्ता लाई पथ्थरकाे जवाफ फुलले दिएकाे बताउनुभएको छ । अाफु काठमाडौं बाट फर्केर काेहलपुर अाफन्त काे घरमा बाँस बस्न गएकाे समयमा नेकपाका कार्यकर्ता ले गरेकाे अमानवीय व्यवहार प्रति लक्षित गर्दै यस्तो बताउनुभएको हाे । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बन्नुभएका सुर्खेत क्षेत्र नं २ का माननीय नवराज रावतलाई पञ्चपुरी नगरपालिका काे अाफ्नै कक्ष बाट स्वागत तथा सम्मान गर्दै हामिले गरेकाे सम्मान बाट नेकपा का कार्यकर्ताले पाठ सिक्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस बाट निर्बाचित थापाले अाफुले कसैलाई अभद्र व्यवहार नगर्ने र अरुले गरेकाे गलत व्यवहार लाई अाफुले काम गरेर जित्ने समेत बताउनुभएको छ ।

राज्यमन्त्री लाई नगरप्रमुख थापाले ९ बुदे माग समेत राख्नुभएको छ । शाैभाग्यले पञ्चपुरी नगरपालिका कै राज्यमन्त्री पाएकाे पञ्चपुरी नगरपालिकाले स्वास्थ्य काे क्षेत्रमा अगाडि बढ्नेमा अाफु अाशावादि रहेकाे समेत बताउनुभएको छ । सालकाेटकाे प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाकाे अस्पताल काे रुपमा बिकास, स्वास्थ्य चाैकीकाे स्तर उन्नति, स्वास्थ्य चाैकी स्थापना, कर्मचारी ब्यवस्थापन, पञ्चपुरी नगरपालिका मा शव बाहन र एम्बुलेन्स काे ब्यवस्थापन गर्न समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *