देउसी भैली खेलेको पैसाबाट डस्टबिन खरिद

(डाडादरा एफएम ) ९ मंसिर, बाबियाचाैर, सुर्खेत ।।

भैलि र देउसी खेलेर रमाइलो र पिक्निक मा पैसा खर्च गर्ने संस्कार लाई ताेड्दै पश्चिम सुर्खेत काे लगामका युवा हरुले गतिलाे उदाहरण दिएका छन । चाैकुने गाउपालिका वडा नं २ लगाम का युवा हरुले भैली खेलेको पैसाले फाेहाेर फाल्ने डस्टबिन बितरण गरेका छन । लगामकाे बजार सरसफाई गराै भनेर शन्देश दिनकाे लागि सामाग्री बितरण गरिएको स्थानीय युवाले बताएका छन । देउसी खेलेर उनिहरुले ८ हजार ३ सय रकम संकलन गरेकाे स्थानीय रम्मा बान्ताेला ले बताएकी छन । धेरै जसाे युवाहरु भैलि खेलेर पिक्निक मा खर्च गर्ने भएको हुदा अरुलाई सिकाई हाेस भन्नकाे लागि याे अभियान संचालन गरेकाे उनिहरुले बताएका छन ।

भैली खेलेर उनिहरुले १३ अाेटा डस्टबिन किनेर स्थानीय बजार ब्यवस्थापन समिति का अध्यक्ष रुद्र बान्ताेला लाई हस्तान्तरण गरेका नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लगामका शिक्षक टंक थापाले जानकारी दिनुभयो । युवाहरुले गरेकाे कामकाे प्रशंसा गर्दै बजार ब्यवस्थापन समितिले ४ अाेटा थप टस्टबिन समेत खरिद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *