कृषि हाटवजार र पशु बिक्री केन्द्र संगै हुदा नागरिक लाई सास्ती ।

(डाडादरा एफएम ) १० मंसिर,बाबियाचाैर- सुर्खेत ।

पञ्चपुरी नगरपालिकाकाे बाबियाचाैरमा संचालन भएको कृषि हाटबजार र पशु हाटबजार एउटै ठाउँमा हुदा ग्राहकलाई प्रत्येक्ष असर परेकाे छ । बिगत २ दशक देखि संचालन हुँदै अाएकाे कृषि हाटबजार नजिकै पशु बिक्री संकलन केन्द्र संचालन गर्दा असहज बाताबरण काे सृजना भएको छ । तत्कालीन बाबियाचाैर गाबिस सचिब भद्रबहादुर थापाले गाबिस बाट बजेट बिनियाेजन गरि निर्माण गरिएको खसी बाेका बिक्री केन्द्र मा अहिले ठाउँ अभावका कारण ब्यापारी हरु खुला चाैरमा व्यापार गर्न बाध्य भएका छन । साबिक काे बाबियाचाैर गाबिस काे ३० हजार र उच्च मुल्य कृषि बस्तु अायाेजनाकाे करिव साढे ४ लाख ८५ हजार काे लगानीमा बिक्री केन्द्र स्थापना गरिएको हाे ।

१ सय ५० अाेटा सम्म खसी बाेका अटाउन सकिने क्षमता भएको केन्द्र मा अहिले १ हजार भन्दा बढि खसी बाख्राहरु बिक्री का लागि ल्याउने गरिएकाे छ । स्थानीय निकायले पशु बिक्री केन्द्र काे लागि कुनै बजेट बिनियाेजन नगरिएको कारण समस्या परेको स्थानीय ब्यापारी हरु बताउँछन ।

यता पञ्चपुरी नगरपालिका पशुसेवा शाखा प्रमुख हसना सारु मगरले समस्या भएपनि यस बर्ष बजेट नभएको हुदा अाफ्नाे कार्यालयबाट प्राबिधिक सल्लाह र अाबश्यक अाैषधी मात्रै उपलब्ध गराउन सकिने बताउनुभएकाे छ । कृषकहरुकाे समस्या लाई मध्यनजर गर्दै नगरपालिकामा कुरा गरेकाे र नगरपालिका ले अागामी बर्ष बजेट बिनियाेजन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *