पञ्चपुरी नगरलाइ उज्यालो बस्तीको रुपमा बिकास गर्छु – नगर प्रमुख थापा

(डाडादरा एफएम ) १३ मंसिर, बाबियाचौर – सुर्खेत ।।

बाबियाचौर लघुजलबिधुत सहकारी संस्था को ७ औ बार्षिक साधारणसभा बाबियाचौरमा सम्पन्न भएको छ । सहकारी संस्थाले आव २०७५र०७६ को २२ लाख ३ हजार ८ सय ७७ रुपैयाँ १ पैसा बराबरको आय ब्यय संस्था का कोषाध्यक्ष टिकाराम खरालले प्रस्तुत गर्नुभएको हो । संस्थाले सहकारी का बृद्ध शेयर सदस्य टिकाराम दर्लामी लाई सम्मान गरेको छ । २०६३ र ०६४ सालमा स्थापना रहेको सहकारी ले २४ किलोवाट जलविद्युत समेत उत्पादन गरेको छ । कार्यक्रम मा बिशेष अतिथि का रुपमा बोल्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले बिधुत ब्यवस्थापन गर्न र उत्पादन क्षमता बढाउन को लागि सबैले आफ्नो ठाउबाट जुट्न आबश्यक रहेको बताउनुभएको छ ।


कार्यक्रम का प्रमुख अतिथि पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिका को सम्पुर्ण बस्तिलाई उज्यालो बनाउन नगरपालिकाले सम्भाब्यता अध्ययन गरेको र गत बर्ष पञ्चपुरी नगरपालिका को वडा नं ८ मा बिधुत उत्पादन गरेको समेत जानकारी दिनुभएको छ । बाबियाचौरमा उत्पादन गरेको बिद्युत देशकै हेर्नलायक र सिक्न लाएक भएको हुदा यसको दिगोपना को लागि सबै जना लाग्न आबश्यक रहेको बताउनुभयो । त्यसैगरी वडा स्तर र आयोजनाले बिस्तृत लागत स्टमेट गरि योजना माग गरेमा नगरपालिका बाट आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साधारणसभा सहकारी का अध्यक्ष उदयबहादुर सिजालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *