(डाडादरा एफएम) १४ मंसिर, सुर्खेत ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड पञ्चपुरी ७ छाप्रेको प्रथम साधारणसभा शनिबार छाप्रेमा सम्पन्न भएको छ । कार्यक्रम मा प्रमुख अतिथि का रुपमा बोल्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले सहकारी को सफलताको शुभकामना दिनुभएको छ । सहकारीले कृषि पशुपालन र उत्पादन मुलक काममा लाग्न अनुरोध गर्दै नगरपालिका बाट आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
भेला मा वडा सदस्य तुलबहादुर सहकारी, साना किसान सहकारी संस्थाका हरिप्रसाद अधिकारी, भेरी सहकारी का अध्यक्ष रामबहादुर बिष्ट, डाडादरा संचार सहकारी का सदस्य ईन्द्र रावल, पुर्व घाटगाउ गाबिस अध्यक्ष डिलबहादुर बिसी ले सफलताको शुभकामना दिनुभएको छ । भेला सहकारीका अध्यक्ष कल्पना बिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।