स्वास्थ्य शिबिर सम्पन्न

 

(डाडादरा एफएम) १४ मंसिर, सुर्खेत ।

सुर्खेत पश्चिम को चौकुने २ लगाम बजारमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतको आयोजना र स्वास्थ्य शाखा चौकुनेको समन्वयमा भएको शिबिरमा १ सय १४ जना को स्वास्थ्य परिक्षण गरिएको छ । क्षयरोग माईक्रोस्कोपिक खोजपडताल कार्यक्रम अन्तरगत ५४ जनाको खकार परिक्षण गरिएको स्वास्थ्य तथा सामाजिक बिकास शाखा चौकुनेका प्रमुख गगन पाण्डेले जानकारी दिनुभएको छ ।

खोजपडताल कार्यक्रम मा जनस्वास्थ्य कार्यालय सुर्खेत का जनस्वास्थ्य प्रमुख दुर्गा श्रेष्ठ को नेतृत्वमा स्वास्थ्य कर्मिको सहभागीता रहेको थियो । स्वास्थ्य परिक्षण पछि आबश्यक औषधी समेत बितरण गरिएको र शिबिरमा कोहिपनि क्षयरोगी नभएको ल्याबको रिपोर्टमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *