बिद्यार्थी को चाप अनुसार सुर्यप्रकाशमा शिक्षकको अभाव

(डाडादरा एफएम ) १६ मंसिर बाबियाचौर, सुर्खेत ।।
बिद्यार्थी को चाप अनुसार आबश्यक दरबन्दी नहुदा सुर्य प्रकाश माध्यमिक बिद्यालय पञ्चपुरी २ पलैटेमा शिक्षकहरुलाई अध्यापन गराउन चाप बढेको छ । कक्षा १२ सम्म अध्ययन हुँदै आएको बिद्यालय मा एउटै कक्षामा ३ ओटा सम्म समूह बिभाजन गरि पढाउनुपर्ने बाध्यता रहेको छ । बराहताल गाउपालिका नजिकै भएको र अन्यत्र आधारभुत तहको बिद्यालयहरु नहुदा यस्तो समस्या आएको हो । अहिले सुर्यप्रकाशमा १ हजार ५ सय १० बिद्यार्थी अध्ययन गर्दै आएका छन । बिद्यालयले कक्षा ६ मा ३ कक्षा ७ मा ३, ८ मा ३, ९ मा ४ र कक्षा १० मा ३ ओटा समूह बिभाजन गरी अध्ययन गराउदै आएको छ । बिद्यार्थी चाप बढेको कारण बिहानको समयमा अध्यापन गराउन बाध्य भएको बिद्यालयका प्रधानाध्यापक गणेश कुमार ढकालले जानकारी दिनुभएको छ । समुह बिभाजन गर्दा पनि प्रत्येक समुहमा ८० भन्दा बढि बिद्यार्थी राख्नु पर्ने र बसाइ ब्यवस्थापन का लागि फर्निचर र कक्षाकोठाको समेत अभाव रहेको ढकालले बताउनुभयो । कक्षामा बिद्यार्थी धेरै हुने र शिक्षकहरुले गृहकार्य समेत हेर्न नसक्ने र पढाउदा बुझ्न समेत कठिनाइ हुने बिद्यार्थी रमेश खत्रीले बताएका छन ।
सरकारी मापदण्ड अनुसार ४५ जना बिद्यार्थी बराबर एउटा दरबन्दी हुनपर्ने भए पनि सुर्यप्रकाशमा १५ ओटा मात्रै दरबन्दी रहेको र बाकि स्थानीय स्रोतबाट ब्यवस्थापन गर्नुपरेको छ । यता पञ्चपुरी नगरशिक्षा शाखा प्रमुख द्रोणराज पाठकले सरकारले दरबन्दी मिलानको प्रकृया गरिरहेको र त्यसपछि मात्रै यसको समाधान गर्न सकिने बताउनुभयो । साथै उहाले यसै बर्ष तत्काल को समस्या समाधान गर्न नगरपालिका बाट ३३ ओटा नया दरबन्दी सृजना गरि स्वयंसेवक शिक्षकको ब्यवस्था गरेको जानकारी दिनुभयो । सुर्यप्रकाश माद्यामिक बिद्यालयले अहिले पशु प्राबिधिक समेत अध्ययन गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *