जातिय भेदभाव बिरुद्ध बुटीका नागरिक अग्रसर

(डाडादरा एफएम) २० मंसिर, सुर्खेत ।
बराहताल गाउपालिकास्थित सरोकारवालाहरुले जातिय भेदभाव तथा छुवाछुत विरुद्ध एक्यवद्धता जनाएका छन् ।
मानव अधिकार दिवसको सन्दर्भमा साझा आवाज कार्यक्रमले आयोजना गरेको एक्यवद्धता ¥यालीमा सहभागीहरुले सो ऐक्यवद्धता जनाएका हुन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले सञ्चालन गरेको साझा आवाज परियोजनाले बिहीबार बराहताल गाउपालिका वडा नं. ६ संगको समन्वयमा बुटीमा ¥यालीको आयोजना गरेको हो । ¥यालीपछि कोणसभामा बोल्दै वडा अध्यक्ष खगेन्द्रदेव गिरीले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । ‘जातिय भेदभाव, छुवाछुत, छाउपडी जस्ता कुसंस्कार सामाजिक अपराध भएको हुदा यस्ता गलत संस्कारहरु हटाउनका लागि वडा कार्यालयले कुनै कसर बाकी नराख्ने बताउनुभएको छ । साथै उहाले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्नका लागि साझा आवाज परियोजनासंग मिलेर जनचेतनामुलकदेखि आयआर्जनमुलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।.
साझा आवाज परियोजनाका जिल्ला संयोजक इन्द्रबहादुर विश्वकर्माले जातिय भेदभाव तथा छुवाछुत गर्नु मानव अधिकार हनन भएकाले यस्तो गरिएमा सहेर नवस्न सुझाव दिनुभएको छ । बराहताल गाउँपालिका स्तरीय मानव अधिकार पैरवी सञ्जालका संयोजक कर्ण वि.क.ले जातिय भेदभाव तथा छुवाछुत न्युनीकरण हुदै गएको भएपनि अझैसम्म उन्मुलन हुन नसकेको बताउनुभयो । ¥यालीमा सहभागी ८१ बर्षीय मीनबहादुर हमालले मानिस मानिस सबै एकै भएकाले भेदभाव र छुवाछुत गर्न नहुने बताउदै. समाजमा दलित, बालबालिका ज्येष्ठ नागरिक र महिलाहरुलाई कुनै न कुनै हिसाब भेदभाव गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने मा जोडदिनुभएको छ ।. कार्यक्रममा वडा सदस्यहरु, मानव अधिकार पैरवी सञ्जालका सदस्यहरु, आमा समुह, तथा विभिन्न अगुवाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *