प्रवाश बाट रेडियो काे भवनका लागि रकम जुट्दै,

(डाडादरा एफएम ) ३ पाैष, सुर्खेत ।

डाडादरा संचार सहकारी द्वारा संचालन भएको डाडादरा एफएम पञ्चपुरी ५ बाबियाचाैरकाे भवन निर्माण का लागि प्रवाशमा रहेका नेपाली बाट सहयोग रकम जुट्ने क्रम जारी रहेकाे छ । अाज सम्म प्रवाश नेपाली हरुवाट ६७ हजार १ सय ७८ रुपैयाँ संकलन भएको छ । भारत मा रहेका भाबेश सापकोटाले २० हजार १६/- भवानी प्रसाद कडेलले १२ हजार ५ सय ५१, अमर बिक ले ११ हजार १ सय ११, अमर रावलले ११ हजार, कमल बिसी ३ हजार २ सय, नेत्र शाहीले १ हजार ६ सय , महेन्द्र बिसि बाट १ हजार ६ सय , चन्द्र बाेहाेराले  ३ हजार २ सय, भिमराज सापकोटाले १ हजार ६ सय , भक्त बहादुर शाहीले ३ हजार २ सय रुपैयाँ रेडियो डाडादरा एफएम का कर्मचारी दिलिप कंडेललाई हस्तान्तरण गर्नुभएको छ ।

सहयोग रकम दिदै प्रवाशी नेपाली हरुले अाम्दानी गर्नु मात्रै नभई अाफ्नाे देश नेपाल का लागि केही गर्नुपर्ने मा समेत जाेड दिनुभएको छ । रेडियो सुचनाकाे भरपर्दाे माध्यम भएको हुदा यसकाे दिगाेपनाका लागि सहयोग गरेको समेत बताएका छन । यता डाडादरा संचार सहकारी का अध्यक्ष रामबहादुर बिष्टले निकट भबिष्यमा डाडादरा एफएम ले अाफ्नै भवन बाट प्रसारण सेवा बिस्तार गर्ने याेजना का साथ अघि बढेको रेडियो काे अभियान लाई धेरै जनाले सहयाेग गरेकाे मा खुसी ब्यक्त गर्दै धन्यवाद समेत दिनुभएको छ । रेडियो काे भवन निर्माणकार्य काे सहयोग रकम का लागि रेडियोकर्मी दिलिप कडेल प्रवाशी नेपाली हरु संग भेटघाटमा हाल भारतमा ब्यस्त हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *