सागमा कास्यपदक ल्याउने खेलाडी लाई सम्मान ।

(डाडादरा एफएम ) ११ पाैष, सुर्खेत ।

बाबियाचाैर स्पाेर्टस क्लवले १३ अाै दक्षिण एशियाली खेलकुद साग मा कास्यपदक ल्याउने खेलाडी लाई सम्मान गरेकाे छ । सागमा खाे खाे मा कास्यपदक ल्याउने पञ्चपुरी ६ का टेकबहादुर राेकाय लाइ एक कार्यक्रम का बिच सम्मान गरेकाे हाे । बाबियाचाैर घर भएका राेकायले नेपालकाे तर्फबाट १३ अाै सागकाे खाे खाे खेलमा टिमकाे कप्तान काे भुमिका निभाउनुभएकाे हाे । सम्मान कार्यक्रम मा बाबियाचाैर स्पाेर्टस क्लवका अध्यक्ष क्षितिज थापाले अन्तर्राष्ट्रिय स्तरमा बाबियाचाैरका खेलाडीले नाम राख्नुले पञ्चपुरी कै गर्वकाे कुरा भएको बताउनुभएको छ । खेलाडी राष्ट्र का गहना भएको हुदा स्थानीय निकायले खेलकुद काे बिकास का लागि अाबश्यक सहयोग गर्न समेत अाग्रह गर्नुभएको छ । सम्मान ग्रहण गर्दै राेकायले खेलकुद अाफुले गरेकाे उपलब्धि लाई संस्थाले सम्मान गरेकाेमा खुसि ब्यक्त गर्नुभएको छ । राेकायले अागामी दिन खेल क्षेत्रमा थप उचाइमा पुर्‍याउन प्रेरणा मिलेको समेत बताउनुभएको छ ।