पञ्चपुरीमा ४ मा २४ छाउगोठ भत्काइयो

(डाडादरा एफएम) १९, पौष बाबियाचौर सुर्खेत ।
छाउगोठ भत्काउने अभियानको क्रममा पहिलो दिन पञ्चपुरी वडा नं ४ डाव र बरैचेमा गरि २४ ओटा छाउपडी गोठ भत्काईएको छ । शनिवार नगरपालिका र ईलाका प्रशासन, राजनैतिक दल, जनप्रतिनिधि संघसंस्था को अगुवाइमा गोठ भत्काउन सुरु गरिएको छ । पहिलो पटक छाउगोठ भत्काउदै जनचेतना दिने र दोस्रोपटक छाउगोठमा बसेको पाईएमा कानुनी रुपमै अगाडि बढ्ने ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरिक्षक ज्ञानबहादुर खत्रीले बताउनुभएको छ । त्यस्तै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्रबहादुर थापाले आज देखि आभियान सुरु गरिएको र यसलाई सबै वडामा लैजाने समेत जानकारी दिनुभएको छ । पहिलो चरणमा वडामा पत्राचार गरिएको र त्यसपछि नगरपालिकाले नै भत्काउन सुरु गर्ने समेत बताउनुभएको छ ।
शुक्रबार पञ्चपुरी नगरपालिका ले छाउपडि प्रथा अन्त्यका लागि समिति समेत गठन गरेको छ । सामुहिक रुपमा प्रतिबद्धता गर्दै जनप्रतिनिधिहरुले जनचेतनामुलक कार्यक्रम संचालन गर्ने समेत निर्णय समेत गरेका छन ।
गृहमन्त्रालयले छाउगोठ तत्काल भत्काउन निर्देशन दिएपछि प्रशासन तातेको हो । सुर्खेत जिल्लामा १८ सय र दैलेख जिल्लामा ३ सय १८ छाउगोठ रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *