कक्षा ११ र १२ संचालन का लागि महायज्ञ सुरु ।

( डाडादरा एफएम ) ३ फागुन, सुर्खेत ।

 

कैलालीको मोहन्याल गाउपालिका वडा २ कोल्तडीमा माेहन्याल बाबा महेन्न्द्र माध्यमिक बिध्यालय काेल्तडी शैक्षिक तथा धार्मिक ज्ञानमहायज्ञ अाज देखि संचालमा अाएकाे छ । फाल्गुन ३ देखि १० गते सम्म संचालन हुने महायज्ञ बाट संकलन हुने रकम बिध्यालयको शैक्षिक स्तर उन्नति गर्ने र कक्षा ११ र १२ संचालन का लागि खर्च गरिने अायाेजकले जनाएको छ । महायज्ञ काे उद्घाटन गर्दै पुर्ब सामाजिक बिकास मन्त्री दिर्घ सोडारिले शैक्षिक क्षेत्र काे बिकास गर्न सबै जना जुट्न अाबश्यक रहेकाे बताउनुभएको छ । महाेन्याल गाउपालिका बिकट र बिकासकाे दृष्टिकोण ले पछि परेकाे हुदा यसक्षेत्रकाे सर्बाङगीण बिकास गर्न अाफु लागि पर्ने बताउनुभएको छ । सस्कृति र धर्मकाे संरक्षण गर्न सबै एकजुट हुनुपर्ने र धर्मका नाममा समाजमा फैलिएको बिकृतिलाइ अन्त्य गर्न पनि अाग्रह गर्नुभएको छ । सामाजिक बिकास क्षेत्रमा सुदुरपश्चिम प्रदेश मा छुट्टाईएकाे बजेट बाट अाबश्यक सहयाेग गर्ने र समुदाय पनि यस महान कार्यमा लाग्न अनुराेध गर्नभएको छ । पंडित अच्युत शरणजी महाराज बाट प्रबचन दिइने महायज्ञ काे अध्यक्षता महायज्ञ मुल अायाेजक समिति का संयाेजक याम गिरी ले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *