डाँडादरा एफएमले जनता संग मेयर कार्यक्रम सञ्चालनमा ल्यायो,,

सुर्खेतकाे पञ्चपुरीमा रहेकाे डाडादरा एफएमले जनता संग मेयर कार्यक्रम सञ्चालनमा ल्याएको छ । अब नगर प्रमुख संग हरेक बस्तिमा वडामा पुगेर प्रत्यक्ष कुराकानि तथा नागरिकले अाफ्ना समस्या तथा प्रश्न राख्न पाउने भएका छन ।  सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारीले बालबालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिका अभियानकै रुपमा अघि बढ्ने बताउनुभएको छ । डाडादरा एफएमले सञ्चालन गरेको जनता संग मेयर कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले भविष्यको नगर सभ्य र समुन्नत बनाउनको लागि अहिले बालबालिकामा लगानी गर्न आवश्यक देखिएको बताउनुभएको छ ।
नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ का बालबालिकासंग कुरा गर्दै उहाले प्रत्येक वडामा बालक्लव गठन गरि कार्यक्रम गर्न बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै उहाले जनता संग मेयर कार्यक्रममा जनताका प्रत्यक्ष समस्या, जनगुनासा र राम्रा कामहरुको जानकारी आदानप्रदान हुने हुदा कार्यक्रम प्रभाबकारी हुने बताउनुभएको छ ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाहीले वडा कार्यालयले संघ संस्था संग समन्वय गरि काम गर्दै आएको र अझै बालबालिकाको क्षमता बिस्तारका लागि वडाबाट थप योजना बनाइ बालक्लव गठन र परिचालन गरिने बताउनुभएको छ ।
बालबालिकाहरुले प्रत्येक्ष रुपमा नगर प्रमुख संग नगरपालिकाले गरेका काम, आगामी योजना, बालबिवाह, बालअधिकार, बिद्यालयमा प्राथमिक उपचारको ब्यवस्थापन, सेनेटरी प्याड ब्यवस्थापन लगाएतको बिषयमा समेत प्रश्न गरेका छन । जनता संग मेयर कार्यक्रम निरन्तर अन्य वडाहरुमा संचालन गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *