चौकुने सांस्कृतिक समाजको एक कार्यक्रमका बिच उद्धाटन,

सुर्खेतको चौकुने गाउँपालिकामा रहेको चौकुने सांस्कृतिक समाजको हिजो एक कार्यक्रमका बिच उद्धाटन गरिएको छ । समुद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रमको गाउपालिका अध्यक्ष खड्क बिकले उद्घाटन गर्नुभएको हो । उद्धाटन कर्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष बिकले पश्चिमा संस्कृतीका कारण पुराना हाम्रा संस्कृती लोप हुन लागेको बताउनुभएको छ ।
अहिले हरेक कार्यक्रममा आधुनीक बाजा भित्रिएको र पुराना मादल, सारंगी, बासुरी, पञ्चेबाजा लोप हुन लागेको हुदा संरक्षण गर्न सबैजना जुट्नुपर्ने बताउनुभएको छ । कार्यक्रममा मारुनी नाच, भजन, पञ्चेबाजा, लगायत विभिन्न संस्कृति झल्काउने झाँकीहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पश्चिममा लोप हुन लागेका विभिन्न लोक संस्कृतिहरू रत्यौली नाच, लाखे नाच, मारुनी नाच, कौडा नाच, धमारी, हुड्के लगाएतका साँस्कृतिक सम्पदाहरूको जगेर्ना गर्नको निमित्त चौकुने सांस्कृतिक समाजको स्थापना गरिएको समाजका संरक्षक देवानन्द रिमालले जानकारी दिनुभएको छ । आज धनसरा सावद र दिपक रिमाल लगाएत स्थानिय कलाकार सहित न्याउले खेल संचालन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *