परीक्षा हलमै बिद्यार्थी बेहाेस ले परीक्षा प्रभावित

 

पञ्चपुरी, सुर्खेत-

 

सुर्खेत पश्चिम काे एक बिद्यालय मा छात्राहरु परीक्षा दिईरहेकाे बेला बेहाेस हुने गरेकाछन । पञ्चपुरी नगरपालिका वडा न ५ बाबियाचाैरमा रहेको बिद्याज्याेती माध्यमिक विद्यालयका छात्राहरुमा यस्तो समस्या देखापरेपछि बेहाेस बिद्यार्थी काे परीक्षा समेत प्रभावित भएको हाे । मुर्छा पर्नेमा प्राय कक्षा ६ देखि १० सम्मका छात्राहरु रहेको बिद्यालय ले जनाएको छ । दैनिक ६-७ जना बिरामी पर्ने गरेको छात्राहरुमा मुर्छा पर्ने ,कराउने, मुखबाट फिँज निकाल्ने ,काँप्ने जस्ता लक्षणहरु देखा पर्ने गरेका छन । पहिले पहिले बिरामी पर्दा शिक्षकहरुले अस्पतालमा लिएर प्राथमिक उपचार गर्ने गरेको र अहिले कुनै पहल समेत नभएको बिद्यार्थी हरु बताउछन् । साेमबार मात्रै ८ जना छात्राहरु बिरामी भएका छन भने उनिहरुकाे परीक्षा समेत अबरुद्ध भएको छ । बिरामी हुने छात्राहरु बेहाेस भएको अाधा घण्टा मा अाफै हाेसमा अाउने समेत गरेका छन ।

परीक्षा चलेकै बेला छात्राहरु बिरामी हुनथाले पछि अभिभावकहरु चिन्तित बनेका छन । उक्त विद्यालयका लेखापाल कृष्ण रावलका अनुसार यसरी बिरामी परेपछि विद्यार्थीहरु त्रसित भइ यहि शैक्षिकसत्रमा ५ जना विद्यार्थीहरु अन्य विद्यालयमा अध्ययन गर्न गएकाे समेत बताएका छन । छात्रहरुमा याे समस्या देखा नपरेको घरमा हुदा केही नहुने र विद्यालय अाउदा छात्राहरुमा मात्र याे समस्या देखिने गरेकाे बिद्यालय का शिक्षक तिर्थ भण्डारीले बताए । उनले भने याे समस्याका कारण अन्य विद्यार्थीमा पनि त्रास उत्पन्न भइ पढाइमा समेत बाधा हुने गरेकाे छ । समस्या समाधानका लागि विभिन्न उपायहरु गर्दा गर्दै पनि केहि फरक नभएकाे र मानसिक तनावका कारण यस्ताे भएकाे हुन सक्ने विद्यालयले जनाएकाे छ । बिद्यालय मा १ हजारभन्दा बढि बिद्यार्थी अध्ययन गर्ने गरेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *