राष्ट्रपतिलाई आक्रमण गरे जन्मकैद

लागुउन्मुख नयाँ मुलुकी ऐनले राष्ट्रपतिको सुरक्षाका लागि कडा कानुनको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता ऐन– २०७४को दफा ५७ ले राष्ट्रपति उपर आक्रमण गर्न नहुने व्यवस्था गरेको छ । कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गरे जन्मकैदको सजायको व्यवस्था गरेको छ ।

त्यस्तै सोही दफाको खण्ड २ ले नेपालको राष्ट्रपतिलाई कुनै किसिमले अपहरण गर्नु वा गराउनु वा निजको शरीर बन्धक लिन वा लिन लगाउनु हुँदैन । कदाचित उक्त कसुर गर्नेलाई बमोजिमको कसूर भए दश वर्षदेखि पन्ध्र वर्षसम्म कैदको व्यवस्था गरेको छ । त्यस्तै खण्ड ३ ले नेपालको राष्ट्रपति उपर कुनै किसिमले आक्रमण गर्नु वा गराउन बन्देज गरेको छ । उक्त कसुर गर्नेको हकमा भने पाँच वर्षदेखि दश वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *