डाँडादरा सञ्चार सहकारीको अध्यक्षमा बिष्ट

 

रेडियो डाँडादरा एफ एम

पञ्चपुरी ,सुर्खेत २१पुस।

डाँडादरा सञ्चार सहकारीको सातौं वार्षिक साधारणसभा बाट अध्यक्षमा राम बहादुर बिष्ट सर्वसम्मत चयन भएका छन् ।२०६८ मा सहकारी दर्ता भइ पश्चिम क्षेत्रमा सञ्चारको पहुँच बढाउने उद्देश्यका साथ हाल सामुदायिक रेडियो डाँडादरा एफ एम १०४ मेगाहर्ज समेत सञ्चालन गरेको छ ।बिष्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ जसको उपाध्यक्षमा याम बहादुर बिसि ,सचिवमा कृपाराम थापा,कोषाध्यक्षमा कलावती भण्डारी ,सदस्यमा कलाधर सापकोटा लक्ष्मी सुनार,इन्द्र बहादुर रावल,राम प्रसाद तिमेल्सिना,बेला थापा,भक्ती राम कँडेल,कृष्ण बिष्ट सर्वसम्मत कार्यसमितिमा चयन भएका हुन । रेडियोलाई थप प्रगतिमा पुर्‍याउने रेडियोको आफ्नै भवन बनाउने, कर्मचारी व्यवस्थापन लगायतका विषयमा सम्पुर्ण शेयर सदस्यहरु सङ्ग समन्वय गरि अगाडि बढ्ने अध्यक्ष बिष्टले बिताए ।कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाकी उपाध्यक्ष शोभा शर्माले पश्चिम क्षेत्रमा सञ्चार सहजरुपमा पहुँच पुर्याउन रेडियोले महत्त्वपूर्ण भुमिका खेलेको बताइन् ।रेडियोले कार्यक्रम ल्याइ गाउँपालिका सङ्ग समन्वय गरे गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरिन ।कार्यक्रममै उनले सञ्चार सहकारीको शेयर लिइ सँस्थामा आवद्द समेत भएकी छन् ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले रेडियोको आम नागरिक सङ्ग पहुँच बढाउन नगरपालिका बाट कार्यक्रमहरु छुट्याउने बताए ।साथै रेडियोलाइ अन्य जिल्ला सम्म सुनिने बनाउन छाप्रेमा रिले टावर निर्माण गर्न नयाँ समितिलाई आग्रह गरे । कर्णाली प्रदेश सभा सदस्य यज्ञ बिसिले सञ्चार बिना मुलक विकसित हुन नसक्ने भन्दै जनतालाई सुचना र सञ्चारको पहुँचमा पुर्‍याउन सहयोग पुर्याएको बताए ।पश्चिम क्षेत्रमा सहकारी मार्फत रेडियो सञ्चालन गरेको प्रति खुसी व्यक्त गर्दै सहकारीको शेयर सदस्य समेत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *