झाेलाबाट याेजना सिफारिस नगर्न नगर प्रमुख थापाकाे अाग्रह

२८ कार्तिक बाबियाचाैर, सुर्खेत ।

पञ्चपुरी नगरपालिकाको प्रथम चाैमासिक रुपमा सामाजिक परिक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम बाबियाचाैरमा सम्पन्न भएको छ । नगरपालिका ले दिने सेवा प्रबाहका बारेमा छलफल गर्दा नगरपालिका ले दिने सेवा र याेजना सम्पन्न गर्दा भुक्तानी प्रकृया ढिलाइ हुने भएको हुदा यसलाई थप प्रभावकारी रुपले अगाडि बढाउन सुझाव दिनुभएको छ । कार्यक्रम मा पञ्चपुरी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरीले अागामि दिनमा समुदायमा देखिने खालका बिकास गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ । त्यस्तै नगरपालिका का उप प्रमुख मुक्ति रेग्मी ले बिकास अायाेजनाकाे अनुगमन गर्दा सन्ताेषजनक काम देखिएकाे र अागामि दिनमा समयमै काम सम्पन्न गर्न पहल गर्ने समेत बताउनुभएको छ ।

कार्यक्रम मा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले उपभोक्ता समितिले समय मै काम सम्पन्न गर्न अाग्रह गर्नुभएको छ । साथै उहाले सम्पुर्ण वडा अध्यक्ष हरुले कार्यालय बाट सिफारिस नगरी झाेला बाेकेर बाटाेघाटाेमा काम सम्पन्नकाे सिफारिस गर्ने भएको कारण बिकासका काम मा लापरबाही भएको बताउनुभएको छ । जनप्रतिनिधि ले अाफ्नाे कामलाई सामाजिक सेवाका रुपमा रहेर काम गरेमा पञ्चपुरीकाे बिकासमा थप सहयोग पुग्ने बताउनुभयो । समुदायको बिकास गर्न सबै नागरिक र राजनीतिक दल ले सहयाेग गर्न समेत अाग्रह गर्नुभएको छ । पञ्चपुरीलाई अाैधाेगिक ग्राम स्थापना का लागि काम गर्ने र फागुन मसान्तसम्म याेजनाका ३०% काम सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *