सुर्यप्रकाश मा प्राबिधिक बिषय पढ्न बिद्यार्थीको आकर्षण बढ्दै

निशा कडेल
(डाडादरा एफएम) १४ मंसिर, सुर्खेत ।
सुर्यप्रकाश माध्यमिक बिद्यालयमा पछिल्लो समय प्राबिधिक बिषय पढ्ने बिद्यार्थी को आकर्षण बढ्दै गएको छ । कर्णाली प्रदेशको एकमात्र सरकारी प्राबिधिक धारको अनुमति प्राप्त गरेको बिद्यालय मा भेटेनरी बिषय अध्ययन हुनेगरेको छ । पञ्चपुरी नगरपालिका को वडा नं २ को पलैटेमा रहेको यस बिद्यालयमा कक्षा ९ देखि नै पशु प्राबिधिक बिषय अध्ययन हुदैआएका बिदेयालयल जनाएको छ ।
२०७३ सालबाट प्रबिधिक धार संचालन गरेको बिद्यालय मा अहिले १ सय ९० भन्दा बढि बिद्यार्थी हरु पढ्ने गरेको बिद्यालयका प्रधानाध्यापक गणेश कुमार ढकालले जानकारी दिनुभएको छ । सुरुका बर्षमा अध्ययन संगै प्रयोगात्मक का लागि सामाग्री अभाव भएपनि अहिले प्रयोगात्मक ठाउँ समेत तयारी गरेको छ । बिद्यालयको करिब साढे ६ रोपनि जग्गामा कुखुरा पालन, माछा पालन र बङ्गुर पालनका लागि बिद्यालयले काम समेत थालनि गरेको छ । नगरपालिका बाट १० लाख रकमको सहयोगबाट आबश्यक पर्ने संरचना निर्माण गरिने भएको छ भने माछापालन का लागि पोखरी निर्माणका लागि समेत नगरपालिका ले काम थालनि गरेको छ ।
अहिले माछापालन का लागि २ ओटा पोखरी , पानी संकलन गर्न ड्याम समेत तयारीको काम सुरु गरिएको छ । आगामि माघ सम्म पोखरी निर्माणको काम सकिएपछि फागुनबाट माछापालन र कुखुरापालन सुरु गर्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवीन थापाले जानकारी दिनुभयो । कम लगानीमा पढ्न सकिने बिद्यालय मा बिद्यार्थी को चाप बढ्दै गएको र जनशक्ति प्रयाप्त नभएको हुदा स्थानीय निकायले सहयोग गर्न समेत थापाले आग्रह गर्नुभएको छ ।
माछापालन का लागि पोखरी निर्माण भएपछि करिब ६ हजार माछाका भुरा पोखरिमा छोडिने टेक्नपसियन सुरज थापाले बताउनुभयो । माछापालन संगै बिद्यार्थी ले प्रयोगात्मक संगै आम्दानि गर्न सकिने र उत्पादन पछि बजार ब्यस्थापन गरेमा बिद्यालय लाई आर्थिक अभाव समेत हटेर जाने समेत बताउनुभयो । अभिभावक समिति र बिद्यालयको सहयोग भएमा नमुनाको रुपमा लैजानसक्ने समेत थापाले बताउनुभयो । बत्ती नभएको कारण माछा र कुखुराको लागि चारो उत्पादन गर्न नसकिने र बाहिरबाट ल्याउदा खर्चिलो हुने भएको छ । कृषकहरुलाई सहज बनाउनको लागि बिद्यालयले पशु क्लिनिक संचालनमा ल्याएको छ भने कृषकहरुलाई प्राबिधिक सेवा समेत दिदैआएको छ । बिद्यालय ले सुरुवात मा माछा र कुखुरापालन गर्ने योजना बनाएको छ भने त्यसपछि बङ्गुर, गाई र हास पालन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *