थप २०५ जनामा कोरोना पुष्टि, १३८५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार १९९ पीसीआर र १ हजार ८९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६७ हजार ९५७ पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १ हजार ३८५ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *