अपांग दिवसको अवसरमा पञ्चपुरीका १८ जनालाई स्टेसनरी बितरण,

सुर्खेत ।
दिगो बिकास लक्ष्य प्राप्तिको प्रतिवद्धता, अपाङ्गता भएका ब्यक्तिको अपनत्व र नेतृत्व सहितको प्रतिबद्धता भन्ने नाराका साथ ३२ औ अन्तराष्ट्रिय अपांग दिवस आज पञ्चपुरीमा मनाईएको छ । पञ्चपुरी नगरस्तरीय अपांग सञ्जालको आयोजना, आईएनएफ, साइनिङ अस्पताल सुर्खेतको समन्वयमा पञ्चपुरी ६ मा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा समूह आधारभुत बिद्यालय पञ्चपुरी ६ का १३ जना र जनजागृत आधारभुत बिद्यालय पञ्चपुरी ८ दुलालथाइ का ५ जना गरि १८ जना अपांगता भएका बालबालिकालाई स्टेसनरी सामाग्री समेत बितरण गरिएको छ । कार्यक्रममा स्टेसनरी सामाग्री बितरण गर्दै नगर प्रमुख लालबीर भण्डारीले हरेक बर्ष अपांगता भएका ब्यक्ति हरुलाई नगरपालिका सहयोगका कार्यक्रम, शिबिर लगाएत हरेक बन्ने संरचना अपाङ्गमैत्री बनाउनको लागि काम गरेको बताउनुभएको छ ।
कार्यक्रममा अपांग संजालका अध्यक्ष राजकुमार कडेलले अपाङ्गता भएका ब्यक्तिहरुको लागि आयमुलक तथा सामाग्री बितरण कार्यक्रम लगतै सञ्चालन गर्ने समेत बताउनुभएको छ । कार्यक्रममा जनप्रतिनिधि शिक्षक लगाएतको उपस्थिती रहेको थियोे भने संचालन यामलाल भुसालले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *