भैरवीमा कृर्षि बाली विज्ञान डिप्लोमा तहको कक्षा सञ्चालनः

रेडियो डांडादरा एफ एमका लागि

कृष्ण प्रसाद अधिकारी
१६असोज दुल्लु दैलेख ।
कृर्षि बाली विज्ञान डिप्लोमा तह अनुसारको पहिलो कक्षा आदर्श माध्यमिक विद्यालय घुम्नेखालीमा असोज १५ गते देखि सञ्चालन भएकको छ ।
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ भैरबी गाउँपालिका वडा नं. ६ स्थित आदर्श माध्यमिक विद्यालय घुम्नेखालीमाको प्राङ्गणमा एक कार्यक्रम गरेर कृषि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भक्तपुर द्धारा सम्बन्धन प्राप्त विद्यार्थी स्वागत कार्यक्रम गरीएको थियो ।
भैरबी गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढाको प्रमुख आतिथ्यमा भयको कार्यक्रममा श्री आदर्श मा.वि. घुम्नेखालीका प्रधानाध्यापक श्री यज्ञ बहादुर सिंहले आफनो गहन स्वागत मन्तव्य दिनुभयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *