गित संगीतलाई नै जीवन सम्झने मिथुन कसरी भए हिट (भिडियो)

जगतदल जनाला बिक 

 सुर्खेत /मंसिर २७।

सुर्खेतको पश्चिम लगाम बाेलामा जन्मिएर अहिले काठमान्डाैमा सङ्घर्ष गर्दै अाएका मिथुन दर्नाली अहिले गायन र मोडलिङ क्षेत्रमा स्थापित हुँदै गएका छन् । सानै उमेरमा गायन क्षेत्रमा रुचि भएका मिथुनलाई आर्थिक अभावले निकै नै संघर्ष गर्नुपर्‍यो । धेरै पढ्ने लेख्ने मन हुँदा हुँदै पनि घरकाे जिम्मेवारीले उनलाई सानै उमेरमा बिदेशीन बाध्य थियो ।विशेष गरी टिपिकल लोक र ¥याप गीतमा रुचि राख्ने दर्नाली पारिवारिक समस्याका कारण लामो समयसम्म भारतमा बस्नुपर्‍यो ।
अामा अम्रादेबि दर्नाली र बाबा गाेपि दर्नाली काे काेख बाट २०४९ साल मा सुर्खेतमा जन्म लिइ कैलालीकाे बर्दगाेरिया गाउँ पालिकामा अाफ्नाे बाल्यकाल बिताएका गायक दर्नाली ५भाइ मध्येको माईलाे छाेरा हुन ।

वि.सं. २०७२ सालमा ‘छैन मेरो काचको महल’ भन्ने टिपिकल लोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका उनी आफ्नो लक्ष्य प्राप्तीका लागि २०७४ साल देखि काठमाण्डौं बस्दै आएका छन् । राजधानीको बसाइँ उनका लागि त्यति सहज थिएन । नयाँ ठाउँ, महँगी, आर्थिक अभावका बाबजुद पनि उनले संघर्ष गर्न छोडेनन् ।
मोडलिङ र गायन क्षेत्रमा अहोरात्र खटिरहने गायक दर्नालीले पछिल्लो समयमा आफ्नै मस्टो म्युजिक प्रा.लि. र मस्टाे युट्युव च्यानल समेत सञ्चालनमा ल्याएका छन । अहिले उनी सांगीतिक क्षेत्रमा आउनलाई पारिवारिक साथसँगै दर्शक स्रोताको अपार माया पाउन सफल भएका छन् ।
उनका सांगीतिक कोसेली ‘सुदूर पश्चिम..’, ‘सुन्तला केरा…’, ‘रातो भाले’, ‘चन्द्रागिरीमा…’, ‘साउदी कतार… जस्ता एक दर्जन बढी गीतमा शब्द, लय, स्वर र अभिनय गरिसकेका छन् ।
नेपाली सांगीतिक क्षेत्रको अवस्था खस्किदो क्रममा रहे पनि आफू निरन्तर यस क्षेत्रलाई गुणस्तरीय बनाउनको लागिपर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय विभिन्न लाेक तथा देडा गीतहरू आधुनिक शैलीबाट आउने गरेका छन । पुरानो समयको जस्तै मादल, चाँपमा गीतहरु अाउने चलन हराइसकेको छ । लाेक देउडालाइ जगेर्ना गर्नका लागि कर्णालीकाे चिसाे पानी देउडा गित भर्खरै
मष्टाे म्युजिक प्रा.लिको उत्पादन तथा वितरण भएको गीतको भिडियोलाई मष्टाे म्युजिक प्रा.लिको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको छ।छाेटाे समयमै युट्युवमा सफलता प्राप्त गर्न सफल भएको याे गितले साँच्चिकै सफलताको शिखर चुम्ने बिस्वास दर्नालीले लिएका छन् ।

नेपालकाे सबै भन्दा लामाे नदि उनकै घर दैलाे अघिबाट बगेर गैजाने सम्लाे सम्लाे चिसाे चिसाे कर्णाली काे पानी …लाई हाम्राे नेपाल मै सदुपयाेग गर्नु पर्छ । भष्टचारि दलाल नेता सरकारलाई समेत चेतावनी दिने गित भित्रका टुक्काले अझै खबरदारी गरेकाे पाइन्छ ।
यस गीतमा गायक दीपक बोहोरा देउडा गायिका रेखा जाेशीको स्वर रहेको छ भने मिथुन दर्नालीकै शब्द र संगित रहेको छ ।
नया देउडा गीत “कर्णाली को पानि” डिजेमा फ्युजन स्टाईलमा बजारमा आएको छ ।

मिथुन दर्नालिको शब्द संगीत र र्यापमा तयार भएको गीतमा थोरै र्याप पनि मिसाइएको पाईन्छ ।बरिस्ठ म्युजिक ऐरन्जर कृष्ण के सि ले गरेकाे उक्त गित शंकरा डिजिटल रेकर्डिङ स्टुडियाेमा रेकर्ड गरिएकाे थियाे ।

म्युजिक भिडियोमा चर्चित गायक तथा मोडेल मिथुन दर्नाली र टिका जैशिको जोडदार निर्त्य देखन सकिन्छ।यस गितकाे भिडियो निर्देशन बिक्रम चाैहानले गरेका हुन।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *