वन कार्यालय सुर्खेत मा गाभ्ने निर्णय प्रति स्थानीय निकायकाे अापत्ती

निशा कडेल २६ भाद्र बाबियाचाैर सुर्खेत

पञ्चपुरी नगरपालिका वडा नम्बर ५ मा रहेको भेरी डिभिजन कार्यालय पुन सुर्खेत सारिएको प्रति स्थानीय निकायले आपत्ति जनाएका छन् । नेपाल सरकारले २०७५ साल असार ३२ गते गरेको निर्णय अनुसार ७७ वटा जिल्ला वन कार्यालयहरु मध्ये ७ जिल्लामा थप गरिएको थियोे । गत बर्ष काे असाेजमा पश्चिम काे बराहताल चाैकुने र पञ्चपुरी लाई कार्यक्षेत्र हुने गरि भेरि बन डिभिजन कार्यालय काे उद्घाटन गरिएको थियोे ।

उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उद्घाटन गरेकाे कार्यालय नै कर्णाली सरकारले सुर्खेत मा गाभ्न लागेकाे हाे । अहिले प्रदेश सरकारले बाबियाचौरमा स्थापना गरिएको डिभिजन कार्यालयलाई एकिकृत गरी सुर्खेतमै एकमात्र कार्यालय बनाउने निर्णय गरेको छ । डिभिजन कार्यालयलाई गाभेर जिल्लामा एउटै कार्यालय बनाउने निर्णय गर्नु भनेको निर्वाचन क्षेत्र नम्बर २ का लाखौं जनताको हित विपरीत भएको बैठकका सहभागीले बताएका छन । कर्णाली प्रदेश सरकारले गरेको निर्णय नमान्ने र पुरानै कायम गरिनुपर्ने माग गर्दै बाबियाचाैरमा तिनवटा स्थानीय निकाय जनप्रतिनिधि राजनीतिक दल, नागरिक समाज, स्थानीय निकायका कर्मचारी हरुकाे बैठकले निर्णय समेत गरेको छ । कर्णाली प्रदेश ले गरेको निर्णयलाई कार्यान्वयन नगर्न अनुराेध गर्ने पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *