लैंगिक हिंसा बिरुद्ध को १६ दिने अभियान सम्पन्न ।

(डाडादरा एफएम) २४ मंसिर, सुर्खेत ।
लैंगिक हिंसा बिरुद्ध को १६ दिने अभियान अन्तरगत विभिन्न कार्यक्रम गरि आज पञ्चपुरी मा सम्पन्न भएको छ । टि डि एच जर्मन ए ई आई एन लग्जेम्बर र कारितास नेपाल को सहयोग र पञ्चपुरी नगरपालिका को आयोजनामा कार्यक्रम गरिएको हो । समानताको पुस्ता, बलात्कार बिरुद्ध को ऐक्यबद्धता को नाराका साथ मनाउदै आएको दिवसमा माद्यामिक बिद्यालय स्तरिय कबिता प्रतियोगिता समेत संचालन गरिएको हो  ।

-यालि सहित सुरु भएको कार्यक्रम मा पञ्चपुरी नगरपालिका ११ की मेनुका उपाध्यायले आफ्नो कबिता मार्फत लैङ्गिक हिंसा अन्त्य गर्नुपर्ने बताईन ।
कार्यक्रम मा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले हिंसा अन्त्य गर्न आफ्नो घरबाट सुरु गरेमा पञ्चपुरी नगरपालिका हिंसामुक्त बन्नेमा बिश्वास दिलाउनुभएको छ । आगामि आर्थिक बर्षमा लैंगिक हिंसा, बालबिवाह लगाएतको पाठ्यक्रम बनाउने समेत बताउनुभयो ।
सहभागी हरुले महिला हिंसा अन्त्य गर्नका लागि सबैजना आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताएका छन । कार्यक्रम मा लैंगिक हिंसा बिरुद्ध का सामाजिक अभियन्ता तेज रोकाय ले हिंसा अन्त्य गर्न आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो ।कार्यक्रम मा वडा नं ८ का अध्यक्ष भक्ति प्रसाद पौडेलले हिंसामा महिला पुरुष सबै पर्ने भएको हुदा यसको न्युनिकरणका लागि सबैजना शसक्तरुपमा अगाडि बढ्न अनुरोध गर्नुभएको छ । साथै उहाले वडा स्तर बाट योजना बनाएर कार्यक्रम गर्ने समेत बताउनुभयो ।
कार्यक्रम को समापन सत्रमा बोल्दै नगरपालिका का उप प्रमुख मुक्ति रेग्मीले हिंसा अन्त्यका लागि सबैजना जुट्न आबश्यक रहेको बताउनुभएको छ । साथै उहाले हिंसा सहेर कसैले पनि बस्न नहुनेमा समेत जोडदिनुभएको छ । कबिता प्रतियोगितामा सरस्वती बिद्या निकेतनका रोसनि गिरी प्रथम, जनसृजना माबि तातापानिका मेनका उपाध्याय दोस्रो, जनसृजना मा बि तातापानी कै छत्र तिमिल्सिना तेस्रो र बिद्याज्योती मा बि बाबियाचौरका जुनकलि राना सान्त्वना भएका छन ।
नेपाल स्काउट, संघ संस्था समूह जनप्रतिनिधि लगाएतको समेत सहभागीता रहेको थियो । मञ्जु भण्डारी स्वागत मन्तब्य संगै कार्यक्रमको संचालन तुलसी खनालले गर्नुभएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *