रेडियो काे अभियानमा जाेडिदै “अमर”

(डाडादरा एफएम) २८ मंसिर, बाबियाचाैर- सुर्खेत ।

डाडादरा संचार सहकारी संस्था लिमिटेड पञ्चपुरी ५ बाबियाचाैर द्वारा संचालन गरिएको रेडियो डाडादरा एफएम काे भवन निर्माणका लागि सहयाेगी मन हरु सुरु भएका छन । शुक्रबार शिलान्यास गरिएको भवनकाे निर्माण कार्यका लागि चाैकुने ९ घाटगाउ का अमर बिक ले नगद ११,१११/- रुपैया सहयोग गर्नुभएको हाे ।

सुर्खेत काे पश्चिम क्षेत्रमा रेडियाे ले नागरिकहरुमा सुचनाकाे पहुच बढाएकाे र अागामि दिनमा थप प्रगतिका लागि सहयोग गरेकाे बताउनुभएको छ । किर्डाक नेपाल नामक गैरसरकारी संस्था कपिलवस्तु मा कार्यरत बि क ले सामाजिक संजाल फेसबुक मार्फत सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएकाे हाे ।

छाेटाे समयमै रेडियोले गरेकाे प्रगति देख्दा खुसि भएको अनुभूति गर्दै बिक ले सबैलाई अभियान मा जाेडिन समेत अाग्रह गर्नुभएको छ । शिलान्यास गरिएको भवन निर्माण काे काम यसै अार्थिक बर्षमा सकिने समितिले जनाएको छ । रेडियो संग प्रयाप्त अार्थिक नभए पनि समुदायको बिश्वास रेडियो ले जितेकै कारण अभियान सफल र सम्पन्न हुने रेडियो का स्टेसन मेनेजर अमर कार्कीले बताउनुभयो । रेडियो काे टिम ब्यवस्थापन पनि राम्रो रहेको हुदा करिब १५ लाखकाे लगानीमा निर्माण र ब्यवस्थापन गरिने भवनको काम सफल हुने कार्यसमिति का अध्यक्ष रामबहादुर बिष्टले जानकारी दिनुभएको छ । कार्यसमिति निरन्तर याेजना सम्पन्न गर्न अगाडि बढेको हुदा यसमा सरकारी निकाय काे समेत सहयोग हुनेमा बिष्टले अपेक्षा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *