पञ्चपुरी १० र ११ मा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न

१७ असाेज   सुर्खेत ।

नेपाली काङ्ग्रेस काे अायाेजनामा दशै मिलन तथा शुभकामना अादान प्रदान कार्यक्रम अाज पञ्चपुरी १० र ११ मा सम्पन्न गरेकाे छ । पञ्चपुरी १० काे जामु र वडा नं ११ काे माैलामा कार्यक्रम काे अायाेजना गरिएको हाे । शुभकामना अादान प्रदान कार्यक्रम मा बाेल्दै पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्ट ले शुभकामना ब्यक्त गर्दै काङ्ग्रेस ले गरेकाे बिकास जनता का प्रत्येक घरघरमा जानकारी दिन अाबश्यक रहेको बताउनुभएको छ ।

अाफ्नाे कार्यकालमा विभिन्न संरचना, बाटाे, पुल जस्ता काम गरेकै कारण पश्चिम का नागरिक ले खुसिकाे अाभास गरेकाे बताउनुभएको छ । २ तिहाइ काे सरकारले बिकास भन्दा पनि विभिन्न घटना घटाउने र निरङकुसता लाद्न खाेजेकाे समेत बताउनुभयो । कार्यक्रम मा नेपाली काङ्ग्रेस का क्षेत्र नं २ ख का सभापति कृपाराम थापाले काङ्ग्रेस काे संगठन बलियो बनाएर अगाडि बढ्न सबै नेता तथा कार्यकर्ता लाई अाग्रह समेत गर्नुभएको छ । शुभकामना मन्तब्य राख्दै क्षेत्रीय सभापति लालबिर भण्डारीले जागरण अभियान जस्तै सबै ले अाफुमा जागरण ल्याएर काङ्ग्रेस अागमि निर्वाचन मा पहिलो पार्टी बनाउन जुट्नु पर्नेमा जाेड दिनुभएको छ । शुभकामना कार्यक्रम मा विभिन्न पार्टी का नेता कार्यकर्ता काे सहभागीता रहेको थियोे भने कार्यक्रम काे संचालन प्रेम सिजापति ले गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *