प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

१८ असोज, बाबियाचौर सुर्खेत ।
सुर्खेतको पञ्चपुरी र चौकुने का बिभिन्न ठाउबाट अवैध रुपमा उत्पादन भइरहेको ठूलो परिमाणको घरेलु मदिरा इलाका प्रहरी कार्यालयले बाबियाचौरले शनिबार नष्ट गरेको छ । गुटु, बिद्यापुर, बाबियाचौर, सालकोट लगाएतका विभिन्न स्थानमा उत्पादन गर्न र बिक्रीका लागि राखेको ४ सय ५० लिटर भन्दा बढी अबैध घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको इलाका प्रहरी कार्यालय बाबियाचौर ले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षा अभियान अन्तर्गत बिभिन्न ठाउबाट जुवातास खेल्ने जुवाडेलाइ समेत पक्राउ गर्ने र शान्ति सुरक्षाका लागि प्रहरी गस्ती समेत बढाएको प्रहरी निरिक्षक ज्ञानबहादुर खत्रीले बताउनुभएको छ । साथै चाडपर्वका बेला अवैध मदिरा कोे विक्री वितरणले शान्ति सुरक्षामा असर पुग्ने भएकाले नियन्त्रण गर्न अभियान सञ्चालन गरेका समेत जानकारी दिनुभयो ।

शनिबार पञ्चपुरी नगरपालिका वडा ८ का अध्यक्ष भक्ती पौडेल, वडा नं ६ का वडा सदस्य रुक्मी देबकोटा, स्थानीय नागरीक, पत्रकारको रोहवरमा अबैध मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको छ । प्रहरी साझेदारी चेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिरहेको भएपनि स्थानीयले व्यापारीले अबैध मदिरा बिक्री बितरण गर्न थालेकाले हुदा कार्वाही तथा चेतावनी स्वरुप मदिरा तथा मदिरा उत्पादन गर्ने सामाग्री बरामद गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।


प्रहरीले गस्तीको समयमा पाएको सूचनाका आधारमा अबैध मदिरा उत्पादन गर्ने पसलमा छापा मार्ने र मदिरा बरामद गर्ने गरिरहेको छ । मदिराका कारण सवारी दुर्घटनामा बृद्धि, घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी हुने र जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गरेकोले अभियानमा संचालन गरेको प्रहरी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *